Breaking News.... EverestOnlineKhabar
April 29, 2026

चलचित्रमा प्रहरीलाई सकारात्मक भूमिकामा प्रस्तुत गर्न आईजीपी खनालको आग्रह

Loading

२०७६ पुस २१, काठमाडौँ । चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत नगर्न आईजीपी सर्वेन्द्र खनालको आग्रह गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाली चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । १० औं नेफ्टा अवार्ड घोषणा समारोहमा उनले चलचित्रमार्फत समाजमा महत्वपूर्ण प्रभाव पर्ने भन्दै प्रहरीलाई नकारात्मक रुपमा प्रस्तुत गर्दा प्रहरीलाई समाजले सोही रुपले लिने भएकाले सकारात्मक भूमिकामा प्रस्तुत गरिदिन आग्रह गरे ।

उनले चलचित्रकर्मीहरुले प्रहरीको भूमिकालाई सकारात्मक देखाए प्रहरीप्रति समाजमा रहेका भ्रमहरु हट्न सघाउ पुग्ने धारणा राखे । यस्तै खनालले प्रहरीको विषयमा फिल्म बनाइए संगठनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed