Breaking News.... EverestOnlineKhabar
May 1, 2026

एशिया प्यासिफ समिटमा सहभागी हुन म्यानमारकी नेतृ सुकी काठमाडौंमा

Loading

काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आइपुगेकी छिन् । उनको यो औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै उनको भ्रमण व्यवस्थापन गरिएको छ ।

उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए।  सुकीलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। सरकारले सुकीको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ।

नेपालमा रहँदा सुकीले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता समेत गर्नेछिन्।  पछिल्लो समय म्यानमारमा रोहिंग्या समुदाय माथि भएको हिंसामा चुप रहेको विषयमा उनको विश्वभर नै आलोचना भइरहेको छ। म्यान्मारमा भएको २०१५ को चुनावमा उनको पार्टी नेशनल लिग फर डेमोक्रेसीले भारी बहुमत प्राप्त गर्दै विजयी भएसँगै त्यहाँ सैनिक शासनको अन्त्य भएको छ। उनको श्रीमान विदेशी भएकाले राष्ट्रपति बन्न नमिल्ने संवैधानिक बाधा पछि उनी राष्ट्रिय सल्लाकारको भुमिकामा रहेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed