Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । एउटा गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विशिष्ट सुरक्षा प्रबन्ध गर्ने सरकारको कदमले चर्को आलोचना निम्त्याएको छ।

एशिया प्यासिफिक समिट नाम दिइएको भेलाका लागि भन्दै सरकारले बिहीवारदेखि चार दिन सार्वजनिक र निजी सवारीसाधन जोर र बिजोर नम्बरका आधारमा मात्र चलाउन पाउने निर्णय गरेको छ। यसअघि सरकारले आयोजना गरेका सार्क र बिम्स्टेकजस्ता कार्यक्रममा मात्र त्यस्तो सुरक्षा व्यवस्था गर्ने गरिको पूर्वप्रशासकहरूले बताएका छन्।

एशिया प्यासिफिक समिटलाई ध्यान दिँदै गृह मन्त्रालयले लागु गरेको निमयानुसार बिहीवार बिजोर र शुक्रवार जोर नम्बरका सवारीसाधन मात्र चल्नेछन्।

आलोचना

यस्तो नियमले आफ्नो दैनिकी कष्टकर हुने भन्दै थुप्रै सर्वसाधारणले त्यो कदमको आलोचना गरेका छन्। सामाजिक सञ्जालमा पनि त्यस्तै खालका प्रतिक्रिया आइरहेका छन्।

सरकारले लागु गरेको निर्णय परम्पराविपरीत भएको भूतपूर्व गृहसचिव सूर्य सिलवाल बताउँछन्। उनी भन्छन्, “सरकारले सार्क, बिम्स्टेक जस्ता ठूला कार्यक्रम आयोजना गर्दा यस्तो सुरक्षा व्यवस्था गरिने गरेको थियो।”

“यस्तो किसिमको जोर बिजोर नम्बरका सवारी साधन चलाउने निमय चाहिँ धेरै ठूलो मात्रामा गन्यमान्य व्यक्तिहरू आउँदा प्रयोग गरिने गरिन्थ्यो। विशिष्ट पाहुनाहरूको सवारीका बेला त्यसो सडक खण्ड मात्र बन्दा गरेपनि सुरक्षा दिन सकिन्छ।”

यसअघि सरकार उक्त कार्यक्रमको सहआयोजक रहेको विवरण आएका थिए र सम्मेलन सञ्चालन गर्न आयोजक संस्थाले सरकारसँग आर्थिक सहयोग पनि मागेको बताइएको थियो। तर सरकारका प्रवक्ता एवम् सूचनामन्त्री गोकुल बाँस्कोटाले यस्तो समाचारका खण्डन गरे।

खाली सडक

उनले भने, “आयोजक संस्थालाई सरकारले कुनै पैसा दिएको छैन। तर सम्मेलनमा भाग लिन आएका विशिष्ट अतिथिहरूको सुरक्षाका दिन र ती पाहुनाहरूसँग सरकारका प्रमुखहरू लगायतसँग हुने दुईपक्षीय भेटघाटमा हुने खर्च सरकारने बेहोर्छ।”

विवादित र संदिग्ध धर्म प्रचारक संस्था मुख्य आयोजक रहेको सम्मेलनलाई सार्क वा बिम्स्टेक सरह महत्त्व दिइ जनतालाई सास्ती हुने गरि आजबाट ४ दिन सवारीमा जोर/बिजोर लागू गर्ने सरकारको निर्णय हास्यास्पद छ, सह आयोजकको भूमिकाबाट पछि हटेपनि सरकारको सहयोगी भूमिकाले कैयन आशंका थप्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed