![]()
बीबीसी । युगाण्डाको मुकोनो जिल्लामा भएको डुंगा दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ । लेक भिक्टोरियामा भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुंगा पल्टेको बताइएको छ ।
घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ’, युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले भने । डुंगा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारी अनुसार डुंगामा झण्डै ९० जना यात्रु रहेका थिए ।
राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुंगा सफारीका क्रममा यो दुर्घटना भएको हो । डुंगामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।


