Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । अभिनेत्री मलाइका अरोडा लामो समयदेखि कुमार हिरो अर्जुन कपुरसँग प्रेममा छिन् । , उनीहरुले अहिलेसम्म आफूहरुको सम्वन्ध सार्वजनिकरुपमा स्वीकारेका छैनन् । हालै मलाइका र अर्जुनको एउटा तस्वीर भाइरहेको छ, जसमा उनीहरुको प्रेम प्रष्ट झल्किन्छ । यो तस्वीरमा अरु थुप्रै व्यक्तिहरुका बीच मलाइका र अर्जुन एकअर्कासँग लहसिएका छन् । दुवैले एक–अर्काको तिघ्रामा हात राखेका छन् ।

यो तस्वीर मलाइका र अर्जुन स्वयम्ले आफ्नो इन्स्टाग्राम पेजमा सेयर गरेका थिए । यसबाट अब उनीहरु आफ्नो सम्वन्धलाई लुकाइरहन चाहँदैनन् भन्ने अनुमान लगाउन सकिन्छ ।

मलाइकाल नायक सलमान खानकी भाउजु हुन् । सलमानका दाजु अरबाज खानसँग गत वर्ष डिभोर्स लिएपछि उनी सिंगल छिन् । आफूभन्दा करिब १० वर्ष कान्छा अर्जुनसँग सल्केपछि उनको वैवाहिक सम्वन्ध बिग्रेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed