![]()
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक मंगलबारका लागि सारिएको छ ।सोमबारको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजनबारे निर्णय लिने भनिएको थियो । तर अनौपचारिक छलफल गरेर मंगलबार बस्ने बैठकले निर्णय गर्ने तयारी भएको नेता झलनाथ खनालले जानकारी दिए ।
केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने नेकपाले जनाएको छ ।नेकपामा वरिष्ठ नेता खनाल र माधव नेपालले केन्द्रीय सदस्यको कार्र्यबिभाजन अघि पोलिटव्युरो गठन गर्दा उत्तम हुने बिचार राख्दै आएका छन ।


