Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कांग्रेसको विधान केन्द्रीय समिति बैठकमा प्रस्तुत, अर्को बैठक मंसिर १३ गते बस्ने

Loading

काठमाडौं । नेपाली कांग्रेसको बिधान संशोधन मस्यौदा समितिमा सहमति जुट्न नसकेपछि समितिले फरक मतसहितको बिधान केन्द्रीय कार्य समितिको  बैठकमा प्रस्तुत गरेको छ। महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठिन बिधान मस्यौदा समितिले छलफलमा आएका फरक धारणालाई समेटेर मस्यौदा पेश गरेको हो।

पदाधिकारी र संसदीय समितिको संख्या र चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यता लगायतका केही विषयमा सदस्यहरुबीच फरक धारणा रहेको छ। बैठकमा प्रस्तुत गरिएको बिधान पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएकाे छ। मस्यौदा अध्ययनपछि १३ गते पुन बैठक बाेलाइएकाे छ।

बैठकले केन्द्रीय सदस्य सरिता प्रसाईका पिताको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समबेदना व्यक्त गरेको छ। यसैगरी पूूर्ब प्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधनप्रति बैठकले दुुःख व्यक्त गरेको छ। बैकठले केही समयदेखि अस्वस्थ रहेका कांग्रेस नेता रामकृष्ण ताम्राकारको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed