Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दुई महिना भित्र नेबिसंघको महाधिवेशन हुँदैन : महामन्त्री कोइराला

Loading

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले दुई महिना भित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुने सम्भावना नरहेको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन  पार्टी कार्यालय सानेपा पुगेका महामन्त्री कोइरालाले थप गरिएको समयभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

विधान विपरित पार्टी नेतृत्वले नेपाल विद्यार्थी संघको वर्तमान पदाधिकारीको समय थप्ने काम गरेको भन्दै विद्यार्थी नेताहरुले नेविसंघलाई विधान अनुसार चलाउन माग गरेपछि महामन्त्री कोइरालाले विद्यार्थीको मागमा ऐक्यवद्धता जनाउदै थप गरिएको समय भित्र महाधिवेशन हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।

नेपाल विद्यार्थी संघको थप गरिएको कार्यकाल पनि सकिएपछि अघिल्लो केन्द्रीय समिति बैठकले वर्तमान पदाधिकारीको समय दुई महिना थप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed