Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । चेल्सीका लेजेण्ड डिडियर ड्रोग्बाले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनले खेल जीवनको उत्कृष्ट २० वर्ष अब अन्त्य भएको बताएका हुन् ।

आइभरी कोस्टका ४० वर्षका स्ट्राइकर ड्रोग्बाले चेल्सीमा दुई कार्यकाल गरेर ३८१ खेलमा १६४ गोल गरेका छन् । उनले चारपटक प्रिमियर लिग तथा सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि उचाले ।

उनले पछिल्ला १८ महिना अमेरिकी क्लब फोनिक्स राइजिङ्गमा बिताए । यो क्लबका मालिक मध्ये उनी पनि एक हुन् । उनले भनेका छन्, ‘२० वर्ष लामो खेल यात्रापछि मैले खेल जीवन यहिँ टुंग्याउने निर्णय गरेको छु ।’

उनको व्यवसायिक खेल जीवनको अन्तिम खेल झण्डै दुई हप्ताअघि अमेरिकाको दोस्रो लिगको फाइनलमा लुइभेल सिटी एफसीसँग १–० ले पराजित भएर सकियो । उनले २३ वर्षको हुने बेलासम्म शीर्ष लिगमा खेलेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed