![]()
काठमाडौं । अमीर श्रेष्ठ र बिमल घर्तिमगरको समान दुई तथा सन्तोष साउखलको १ गोलमा च्यासल युथ क्लबले बिहीवार न्युरोड टिम (एनआरटी) लाई ५–१ ले पराजित गरेको छ।
जारी ए डिभिजन लिगमा च्यासलको यो पहिलो जित हो । यसअघि च्यासलले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग १–० ले पराजित भएको थियो । पहिलो खेलमा आर्मी क्लबसँग २–२ को बराबरी खेलेको एनआरटी दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग २–० ले पराजित भएको थियो ।


