Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार मनाङ मस्र्याङ्दी क्लबले चिरप्रतिद्वन्द्वी रुस्लान थ्री स्टार क्लबलाई २–१ को नतिजामा हराएको छ ।

११औं मिनेटमा अञ्जन विष्टको गोलमा अग्रता लिएको मनाङले सात मिनेटपछि अग्रता दोब्बर पारेको थियो । हेमन गुरुङको लामो पासलाई नियन्त्रणमा लिँदै अञ्जनले थ्री स्टारका रञ्जित धिमाललाई कटाउँदै गोल गरेका थिए । १८औं मिनेटमा हेमनकै लामो पास क्लियर गर्ने क्रममा थ्री स्टारका गोलकिपर  एलेन न्यौपाने र रक्षकहरुबीच सुझबुझ नहुँदा मनाङको अग्रता दोब्बर भएको थियो । एलेनले क्लियर गरेको बल आफ्नै टोलीका विजय धिमालको मुखमा लागेर फकिँदा गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा खेलमा फर्किने प्रयासस्वरुप थ्री स्टारले पेनाल्टीमा एक गोल फर्कायो । तर अंक बाँड्न त्यो पर्याप्त भएन । थ्री स्टारका लागि दोस्रो हाफमा रञ्जितले पेनाल्टीमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed