Breaking News.... EverestOnlineKhabar
May 1, 2026

फ्रान्सद्वारा उरुग्वे १–० ले पराजित, एम्बाप्पे घाइते

Loading

एजेन्सी । विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ ।  पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो । फ्रान्सको जितमा ओलिभर जिराउडले गोल गरे ।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलअवधिभर उरुग्वेले निकै राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफसम्म फ्रान्सलाई बराबरीमा रोकेको उरुग्वेले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५२ औं मिनेटमा जिराउडले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि विश्वविजेता फ्रान्सले १-० गोलले जित हात पारेको हो । यो खेलमा विश्वकपको हिरो किलियन एम्बाप्पे लडेर घाइते भए । उरुग्वेका गोलरक्षकसँग ट्याकल गर्ने क्रममा उनी मैदानमा लडेका थिए । उनको काँधमा चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed