Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिल र अर्जेन्टिना बिजयी

Loading

एजेन्सी । ब्राजिलले  अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा क्यामरुनलाई पराजित गरेको छ ।  ब्राजिलले क्यामरुनलाई १-० गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुवाती समयमा नै नेयमार घाइते हुदै मैदानबाट बाहिरिएपछि ब्राजिल थप दबावमा आएको थियो ।

ब्राजिलको जितमा रिचर्लिसनले गोल गरे । उनले खेललको ४५औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलअन्तरले पछि परेको क्यामरुनले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेल अवधिभर नियन्त्रणमा राखेको ब्राजिलले राम्रो अवसर खेर फाल्दा १-० गोलको कठिन जित निकालेको हो ।

अर्जेन्टिना पनि बिजयी

लियोनल मेस्सीविनै मैदानमा उत्रिएको अर्जेन्टिनाले मेक्सिकोमाथि सहज जित हात पारेको छ । बुधबार बिहान आफ्नै घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । मेक्सिकोविरुद्धको खेलमा भने नियमित कप्तान तथा विश्वका महान फुटबलर मेस्सी भने थिएनन् ।

अर्जेन्टिनाको जितमा माउरो इकार्डी र पाउलो डिबलाले समान एक–एक गोल गरे । खेलको पहिलो हाफमा एक गोल गरेको अर्जेन्टिनाले खेलको दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको दास्रो मिनेटमा नै इकार्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले पछि परेको मेक्सिकोले दोस्रो हाफमा पनि राम्रो खेल्न सकेन । खेलको ८७ औं मिनेटमा डिबलाले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed