Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । भारतीय अभिनेता आलोक नाथमाथि  यौनहिंसाको मुद्दा दर्ता गरिएको छ । लेखिका विन्ता नन्दाले मी टू अभियान अन्तर्गत एक संस्कारी अभिनेताले उनीमाथि दुईपटक दुष्कर्म गरेको र यौन उत्पीडन गरिरहेको आरोप लगाएकी थिइन् । पछि उनले आफूले बताएको संस्कारी अभिनेता आलोक नाथ नै भएको मिडियासामू स्पष्ट पारेकी थिइन् । आरोपपछि आलोकले विन्तासँग लिखित माफी र एक हजार भारु जरिवानाको माग गरेका थिए ।

विन्ता नब्बेको दशकका टेलिभिजन सिरियल ‘तारा’ की राइटर–प्रोड्युसर थिइन् । विन्ताको आरोपपछि आलोक नाथविरुद्ध केही थप महिला सार्वजनिक भए । अभिनेत्री संध्या मृदुलले पनि आलोक एकपटक सुटिङको क्रममा होटलको कोठामा जबर्जस्ती छिरेर उनलाईसमातेको बताएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed