Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलोपटक  अन्तर्राष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ । सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्शपुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकेर रहेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुष दिवस मनाइएको हो ।

पुरुष दिवस महिलाको अधिकारलाई संकुचित पार्नका लागि नभइ महिलाको अधिकार हनन् नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेको यौन दुर्व्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपालमा बालकमाथि हुने हिंसा र दुर्व्यवहारको कुनै निश्चित तथ्यांक नभएपनि यस्तो अवस्थाभने डरलाग्दो रहेको बताइएको छ ।  कार्यक्रममा  नेपाल टलिभिजन विकास बोर्डका सदस्य टंक पन्तले एक झण्डै एक चौथाई पुरुषहरु हिंसा र दुर्व्यवहारको शिकार हुने गरेको तथ्यांक प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed