![]()
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुत्र वियोगको समयमा पनि पुष्पकमल दाहालले असाधरण धैर्यता देखाएको बताएका छन्। प्रचण्डपुत्र प्रकाशको निधनको पहिलो वार्षिक तिथिमा आयोजित श्रदाञ्जली कार्यक्रममा ओलीले चुनाबको दबाबको समयमा पनि प्रचण्डले असाधारण धैर्यता देखाएको स्मरण गरे।
प्रकाशको निधनको समयमा तत्कालीन दुई दल नेकपा एमाले र माओवादी केन्द्र चुनावी तालमेलमा थिए। चुनाव प्रचारकै क्रममा दुबै नेता झापा रहेको बेला प्रकाशको निधनको खबर आएको स्मरण गर्दैै ओलीले भने ‘हामी दुबै झापामा थियौं। प्रचण्डलाई फोन आयो। दुःखद खबर सुनाउनु भयो। मैले पत्याउँनै सकिन। तर नपत्याएर नि भएन। प्रचण्डले शोकमा पनि असाधारण धैर्यता देखाउनुभयो। चुनाब हुँदै थियो। हामी माझ दबाब थियो।’
प्रधानमन्त्री ओलीले प्रचण्डको परिवारले असाधारण ढंगले दुःखद क्षणको सामना गरेको बताए। ओली प्रचण्डको स्वकीय सचिवका हैसियतले पछिल्ला दिनमा प्रकाशबारे केही जान्ने अवसर आफूले पनि पाएको बताए।
ओलीले श्रदाञ्जली सभा भएकाले राजनीतिक विषयमा टिप्पणी नगर्ने बताए। विरामी भइ अस्पतालबाट डिस्चार्ज भएपछि पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।


