Breaking News.... EverestOnlineKhabar
May 1, 2026

‘सीएनएन’द्वारा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

Loading

बीबीसी । अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति कार्यालयले आफ्ना वरिष्ठ पत्रकारको परिचय पत्र ह्वाइटहाउस प्रवेशका लागि अमान्य घोषित गरेपछि सिएनएनले  मुद्दा दायर गरेको हो ।

जिम एकोस्टा ह्वाइट हाउसका लागि सिएनएनका प्रमुख संवाददाता थिए, तर उनको प्रेस हार्ड पास राष्ट्रपति कार्यालयले फिर्ता लिएको छ । गएको हप्ता ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहस भएपछि उनको पास फिर्ता लिएको हो ।

राष्ट्रपति कार्यालयले एकोस्टाको संवैधानिक अधिकारको उल्लंघन गरेको भन्दै सिएनएनले मुद्दा दायर गरेको हो । स्थानीय समय अनुसार वासिङ्गटनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवादी बनाइएको छ ।

राष्ट्रपति ट्रम्पसँग चिफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्स पनि रहेका छन् । साराले एकोस्टाको व्यवहार अस्वीकार्य रहेको भन्दै पास फिर्ता लिइएको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed