Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

कञ्चनपुर ।   राष्ट्रिय क्रिकेट खेलाडी ललित बहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सम्मानित गरेको छ ।  नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार एक सय ११ नगद रकम  सम्मान पत्रसहित खेलाडी भण्डारीलाई सम्मान गरेका छन्।

खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौं नगर प्रमुख ऐरले भने, ‘प्रतिभावान खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्‍याउछ।’ खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुसी भएको बताए। खेल मैदान बनाएर प्रतिभावान युवाहरुलाई खेलप्रतिको आकर्षण बढाउन सकिने उनले बताए।

खेलाडी भण्डारीलाई नगरपालिकाको २०७४ चैत १० गतेको कार्यपालिकाको सम्मान गर्ने निर्णयअनुरूप सम्मान गरिएको हो। कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोष्ट भ्यालुवेल प्लेयर घोषित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed