Breaking News.... EverestOnlineKhabar
May 2, 2026

अमेरिकाबाट फर्किए मुख्यमन्त्री राई, संघीय सरकारको स्पष्ट अनुमतिमा अमेरिका गएको जिकीर

Loading

काठमाडौँ।  प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले आफू संघीय सरकारकै स्वीकृतिमा विदेश भ्रमणमा गएको बताएका छन्। अमेरिका भ्रमणबाट बुधबार स्वदेश फर्किएका मुख्यमन्त्री राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू संघीय सरकारको  स्वीकृतिमा विदेश गएको बताएका हुन्। उनले भने, ‘स्वीकृति लिएर गएकोमा मेरो प्रमणलाई प्रायोजित रुपमा विवादित बनाउन खोजिएको हो।’

आफू स्वास्थ्य उपचारका लागि संघीय सरकारको स्वीकृतिमा थाइल्याण्ड गएको र त्यहाँ जाँच गराउँदा स्वास्थ्य अवस्था राम्रो रहेको डाक्टरले बताएको उनले उल्लेख गरे। उनले उपचारपछिको बाँकी समय सदुपयोगका लागि अमेरिका गएको पनि दाबी गरे।

उनले अमेरिकामा कुटपिट भएको भनिएका पत्रकारलाई आफूले नचिन्ने र ती व्यक्तिसँग कुनै पनि सम्बन्ध नरहेको तथा त्यसबारे सम्बन्धित पक्षले अनुसन्धान गरेकाले आफू थप बोल्न नचाहने समेत बताए।

मुख्य मन्त्री राई स्वास्थ्य उपचारका लागि भन्दै कात्तिक १६ गते थाइल्याण्ड गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed