Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौँ। काठमाडौँको कलंकीमा नक्कली स्याम्पो उद्योगमा सञ्चालनमा रहेको पाइएको छ । महानगरीय प्रहरी परिसरले कलंकीस्थित ‘नक्कली स्याम्पो र मसला उद्योग’ मा छापा मारेर ४ जनालाई पक्राउ गरेसँगै यो रहस्य खुलेको हो ।

भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मारेर बासप्रसाद र ज्योती विडारीसहित कामदारलाई पक्राउ गरेको हो । विडारी दम्पतीकै घरमा उद्योग सञ्चालनमा थियो ।

परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले नक्कली उद्योगमा छापा मारेको हो । परिसरका प्रमुख एसएसपी वसन्त लामाले छापा मारेर ठूलो परिमाणमा स्याम्पो र मसला बरामद गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed