![]()
एजेन्सी। बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिहंबीच नोभेम्वर १४ र १५ मा इटालाीको लेक कोमो भन्ने स्थानमा विवाह हुँदैछ। लामो समयबाट प्रेम सम्बन्धमा रहेको यो जोडीको विवाह चर्चाले यतिबेला बलिउड उद्योग निकै गर्माएको छ।
उनीहरुको विवाह फरकफरक परम्पराका आधारमा सम्पन्न हुनेछ। दीपिका र रणवीरको परिवार फरक समुदायका भएका कारण नोभेम्वर १४ मा दीपिकाको तर्फबाट ‘कोकणी’ परम्पराका आधारमा र नोभेम्वर १५ मा रणवीरका तर्फबाट ‘आनंद कारज’ परम्पराका आधारमा विवाह सम्पन्न हुनेछ।
नोभेम्बर २१ मा दीपिकाको तर्फबाट बेङ्लोरमा र नोभेम्वर २८मा रणवीरका तर्फबाट मुम्वईमा विबाह भोज खुवाइनेछ। उक्त भोजमा यो जोडीले आफ्ना सबै पाहुनालाई कुनै पनि उपहार ल्याउन भने बन्देज गरिदिएका छन्। उनीहरुले निमन्त्रणा कार्डमा नै आफ्ना आगन्तुक पाहुनाका लागि उपहार नल्याउन आग्रह गरेका हुन्।


