![]()
हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान सरकारले आफ्नो कार्यकालभित्र वृद्धभत्ता वृद्धि गरी मार्सिक ५ हजार पुर्याउने उद्घोष गरेका छन्। ओम वृद्धाश्रम मकवानपुरको १२औँ वार्षिक साधारण सभालाई हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो उद्घोष गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले वृद्धभत्ता मार्सिक ५ हजार पुर्याउने भनेपनि कहिलेसम्म पुर्याउने भनी समय निर्धारण नगरेको भन्दै वृद्धभत्ता नपाएको भन्ने भ्रममा नरहन आग्रह गरे। पौडेलले वर्तमान सरकारले आफूले बोलेको कुरा आफ्नो कार्यकालमा गरेर देखाउने भन्दै अबको चार वर्षभित्रमा वृद्धभत्ता मार्सिक ५ हजार पुर्याउने बताए।
नेकपा सधैँ वृद्धवृद्धाको हितको लागि काम गर्ने पार्टी भएको भन्दै मुख्यमन्त्री पौडेलले सरकारले ज्येष्ठ नागरिकको हितको लागि कानुन बनाइरहेको बताए।


