Breaking News.... EverestOnlineKhabar
May 2, 2026

क्यालिफोर्नियामा डढेलोमा परी ज्यान गुमाउनेको संख्या ४४, दुई लाख ५० हजार भन्दा बढी विस्थापित

Loading

बीबीसी । अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको डढेलोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा फेला परेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको छ । यो समेत डढेलोमा परि ज्यान गुमाउनेको संख्या ४४ पुगेको  छ ।

यसअघि सन् १९३३ मा लस एन्जलसको एउटा पार्कमा आगलागी हुँदा ३३ जना मारिएका थिए । यसपटक क्यालिफोर्नियाका तीन ठाउँबाट डढेलो फैलिएको छ । अहिलेसम्म २ लाख ५० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रशासनले जनाएको छ । क्षति बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियालाई मुख्य प्रकोपग्रस्त क्षेत्र घोषणा गरेका छन् । यसले आपत्कालिन सहयोग जुटाउन थप मद्दत मिल्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed