![]()
चितवन ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापति देउवाले जुन किसिमको विचार संसदमा दिनु पथ्र्यो त्यो नसकेको बताए। उनले भने,‘विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन।’
आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनले बताए। ‘पार्टी निर्वाचनमा के कारणले हार्यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर र मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन,’उनले भने।
उनले आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि बताए। पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको बताए। प्रक्रिया पु¥याएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उनको भनाइ थियो।
‘गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो तर प्रक्रिया मिलाएर गरौँ भन्ने हो,’उनले भने। अर्को एक प्रसंगमा उनले केन्द्रीय समितिमा सदस्य बढाउनुपर्ने भन्दै सदस्य बढेमा पदाधिकारी स्वतः बढ्ने बताए।


