Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बीबीसी । मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ ।

नोबेल पुरस्कार विजेता सूचीलाई एमनेस्टी इन्टरनेसनले सन् २००९ मा यो सम्मान प्रदान गरेको थियो । त्यसबेला सूची आफ्नै घरमा नजरबन्दमा थिइन । उनलाई दिइएको सम्मान फिर्ता लिँदै एमनेस्टीले रोहिंग्या अल्पसंख्यकका विषयमा सूचीले गरेको काम निराशाजनक रहेको जनाएको छ । ७३ वर्षीय सुचीलाई दिइएको सम्मान फिर्ता गरिएको यो पहिलो पटक भने होइन ।

एमनेस्टी इन्टरनेसनलका महासचिव कुमी नाइडूले म्यानमारका नेतालाई पत्र पठाउँदै उनलाई दिइएको सम्मान फिर्ता लिएको जानकारी गराएका हुन् । पत्रमा सूचीले मानवअधिकारको रक्षाका लागि सही अडान लिन नसकेको र उनको कदमले संगठन निराश भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed