Breaking News.... EverestOnlineKhabar
May 2, 2026

मेस्सीलाई उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको अवार्ड

Loading

एजेन्सी । बार्सिलोनाका फरवार्ड लियोनल मेसीले  एकसाथ दुई अवार्ड जितेका छन् । स्पेनिस पत्रिका मार्काले प्रदान गर्ने ‘मार्का फुटबल अवार्ड’ मा मेसीले उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।

गत सिजन बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउने क्रममा मेस्सीले ३४ गोल गरेका थिए । मेसीले पाएको यो अवार्ड पाँचांै हो । यसअघि उनले २००९–१०, २०११–१२, २०१२–१३ र २०१६–१७ को सिजन यो अवार्ड जित्न सफल भएका थिए ।

मेसीले अल्फ्रेडो डी स्टेफानो प्लेयर अफ दी सिजनको अवार्ड पनि जितेका छन् । अवार्ड थापेपछि मेसीले जारी सिजन स्पेनिस ला लिगा पहिलो भन्दा प्रतिस्पर्धात्मक भएको बताए । उनले हरेक टोली ला लिगामा जित्न सक्षम रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed