![]()
काठमाडौं । विश्व क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाली खेलाडीको वरीयता खस्किएको छ । आईसिसीको ट्वान्टी—२० क्रिकेट वरीयतामा नेपालका कप्तान पारस खड्का ब्याटिङतर्फ ९३औं स्थानमा छन् । पारस यसअघि ९०औं स्थानमा थिए । अलराउन्डर तर्फको वरीयतामा उनी ४१औं स्थानमा यथावत् छन् ।
ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्ष स्थानमा छन् भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल अलराउन्डतर्फ शीर्ष स्थानमा छन् । कप्तान पारससँगै तिव्र गतिका बलर सोमपाल कामी र वसन्त रेग्मी पनि आइसिसी वरीयतामा छन् । वसन्त बलरतर्फको वरीयतामा ७५औं स्थानमा रहेका छन् भने सोमपाल ९४औं स्थानमा छन् । चार स्थान तल खस्किएका वसन्त रेग्मी यसअघि ७१औं स्थानमा थिए । सोमपाल कामीको वरियाता पनि खस्किएको छ । उनी यसअघि ९२औं स्थानमा थिए । सोमपाल अलराउण्डमा पनि वरीयताको ६४औं स्थानमा छन् ।
बलरतर्फ अफगातिस्तानका युवा स्पिनर रसिद खान शीर्ष स्थानमा छन् । यसअघि ९८औं स्थानमा रहेका शरद भेषावकर नयाँ वरीयतामा अटाएका छैनन् ।


