Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति माइत्रीपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन्। स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै ज्यानुअरी ५ मा त्यहाँ आमचुनाव हुनेछ।

यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ। बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ।

विक्रमसिङ्गलाई हटाएर उनको ठाउँमा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछि त्यहाँ उत्पन्न राजनीतिक सङ्कटमा अर्को मोड थपिएको छ। गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिङ्गलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सारेका थिए।राष्ट्रपतिले संसद् र मन्त्रिपरिषद् दुवै निलम्बन गरेका थिए।

तर सो कदम गैरकानूनी भन्दै विक्रमसिङ्गले पद छाड्न अस्वीकार गर्दै आएका छन्। देशको नाममा गरिएको आफ्नो सम्बोधनमा सिरिसेनाले प्रधानमन्त्रीको नियुक्ति संविधानअनुसार नै र कानुनविद्हरूको सल्लाहमै गरिएको बताएका थिए।

विक्रमसिङ्गको युनाइटेड न्याशनल पार्टी (युएनपी) का एक सांसदले संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम ‘गैरकानूनी’ भएको भन्दै त्यो अस्वीकृत हुने विश्वास व्यक्त गरेका छन्। सांसद अजित पेरेराले बीबीसीलाई भने, “हामीले देशमा रक्तपात सिर्जना नहुने गरी यो समस्याको शान्तिपूर्ण समाधान खोज्न निर्वाचन आयोगलाई आग्रह गरिरहेका छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed