Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पीपीएल क्रिकेटको उपाधि पोखरा पल्टनलाई, फाइनलमा चितवन राइनोज ३ विकेटले पराजित

Loading

पोखरा। पोखरा  पल्टनले पोखरा  प्रिमियर लिग-पीपिएल क्रिकेटको उपाधि जितेको छ। पोखरा रंगशाला भएको फाइनलमा पोखराले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले हरायो।

चितवनले प्रस्तुत गरेको एक सय ६१ रनको लक्ष्य पोखराले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गरेको थियो। पोखराका रविन्दर सिंहले सर्वाधिक ९० रन जोडे। मोहम्मद नाविदले २५, आसिफ शेखले १२ र कुशल भुर्तेलले चार रन बनाए। कप्तान शरद भेषावकरले २२ रन बनाए। रविन्दरले ५८  बलमा ३ छक्का र १३ चौका प्रहार गरे।

उपाधिसँगै पोखराले २७ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। उपविजेतामा सिमित चितवनले १० लाख रुपैयाँ पायो।

यसअघि टस हारेर पहिला ब्याटिङको जिम्मा पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रन जोड्यो। चितवनका कप्तान पारस खड्काले अर्धसतक बनाए। पारसले ५१ रन जोडे।  सन्नी पटेलले  ४३ र अनिल शाहले ३७ रन जोडे।

पारस र अनिलबीच दोस्रो विकेटका लागि ७६ तथा अनिल र सन्नी पटेलबीच तेस्रो विकेटका लागि ५० रनको साझेदारी भएको थियो। क्विन्स इभेन्टले  प्रतियोगिता पहिलोपटक आयोजना गरेको हो।

प्रतियोगिताको उपाधिसँगै शरदले घरेलु क्रिकेटमा पारसको टोलीसँग लगातार दुई प्रतियोगिताको फाइनलमा ब्यहोरेको हारको बदला पनि लिएको छ। यसअघि सन् २०१७ मा धनगढी प्रिमियर लिग र सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग क्रिकेटमा यी दुई खेलाडीको कप्तानीमा रहेका टोली भिडेकामा दुवैमा पारसको टोली विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed