![]()
बीबीसी । हडर्सफिल्ड टाउनले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा हडर्सफिल्डले फुलहमलाई १–० गोलले पराजित गर्दै यो सिजनको प्रिमियर लिगमा पहिलो जित निकालेको हो । फुलहामका तिमोथी फोसु मेन्साहले आत्मघाती गोल गरेपछि हडर्सफिल्डको भाग्य चम्किएको हो ।
जितसँगै ११ खेलबाट १ खेलमा जित र ३ खेलमा बराबरी खेलेको हडर्सफिल्डको ६ अंक भएको छ । यता फुलहामको भने ५ अंक रहेको छ ।


