Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । साउदी अरबले पहिलो परमाणु रियक्टर बनाउने घोषणा गरेको छ । साउदी अरबका क्राउन पि्रन्स मोहम्मद बिन सलमानले परमाणु रियक्टर बनाउने बताएका हुन् । परमाणु रियक्टर आणविक प्रक्रिया सञ्चालन तथा नियन्त्रणमा प्रयोग हुने उपकरण हो ।

साउदी प्रेस एजेन्सीले यो परमाणु रियक्टर कस्तो प्रकारको हुनेछ भन्नेबारे कुनै जानकारी नदिइएको बीबीसीले लेखेको छ । साउदी अरबको आगामी दुई दशकमा १६ परमाणु रियक्टर बनाउने योजना छ र यसमा करिब ८० अर्ब डलर खर्च हुने अनुमान छ ।

तर, यसको प्रयोग केमा गर्ने भन्नेबारे भने स्पष्ट भइसकेको छैन । कच्चा तेलको सबैभन्दा बढी निर्यात गर्ने देश साउदी अरबले तीव्ररुपमा बढीरहेको ऊर्जा आवश्यकतालाई हालसम्म तेल र प्राकृतिक ग्यासबाट पूर्ति गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed