![]()
काठमाडौं । मादक पदार्थ प्रयोग गरि होहल्ला गरेपछि स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । उनलाई रारा घुम्नका लागि काठमाडौँबाट गएका युवाहरुले कुटेको बताइएको छ । गिरी नेपाली काँग्रेसबाट निर्वाचित मेयर हुन् ।
रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा हातपात भएको हो । मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाहरुको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि मेयर गिरीमाथि कुटपिट भएको हो ।
मादक पदार्थ प्रयोग गरेका गिरीले ‘ठूला’ कुरा गरेको तथा ‘घमण्ड’ देखाउन वादविवाद भएको जनाइएको छ । वादविवादले उग्र रुप लिएपनि हात हालाहाल भएको हो । हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको प्रहरीले जनाएको ।
होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरेका थिए । भक्तपुर काठमाडौंबाट रारा घुम्न गएको टोली सोही होटेलमा बस्न पुगेको थियो । होटेलमा मेयरको टोलीले होहल्ला गरेपछि आफूहरुलाई डिस्टर्ब भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षविच झडप भएको प्रहरीले जनाएको छ ।
उनीहरुविच वियरको बोतल र ढुङगा हानाहानी भएको थियो । घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो । मेयर गिरीको टाउकोमा चोट लागेको र ४ वटा टाँका लगाइएको कालिकोट प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ ।


