Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ ।

सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब २७ करोड पुगेको छ । जबकी दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड रहेको छ ।

फेसबुकको प्रयोगकर्ताको संख्याको यो बढोत्तरी गत वर्षको यो अवधिको तुलनामा ९ प्रतिशतले बढि हो । फेसबुकका अनुसार अहिले २ अर्ब ६० करोड मानिसले हरेक महिना फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम वा मेसेन्जरमध्ये एक वा सबै चलाउँदछन् । यी मध्ये कम्तिमा २ अर्ब मानिसले दिनमा कम्तिमा एकपटक यी मध्ये कम्तिमा एउटा सेवा प्रयोग गरेका हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed