Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । यस वर्षको मिस अर्थको ताज भियतनामी सुन्दरीले जितेकी छिन्। फिलिपिन्सको राजधानी मनिलामा  भएको प्रतियोगितामा ८६ सुन्दरीलाई पछि पार्दै नुयन फुरोङ खान्ह विजयी भएकी हुन्।  विश्वका प्रमुख चार सौन्दर्य प्रतियोगितामध्ये एक पहिलो पटक कुनै भियतनामी सुन्दरीले जितेकी हुन्।

यसैगरी मिस एयर अस्ट्रिया, मिस वाटर कोलम्बिया र मिस फायर मेक्सिकोकी सुन्दरीले जितिन्।  प्रतियोगितामा नेपालको प्रतिनिधित्व प्रिया सिग्देलले गरेकी थिइन्। इको भिडियोहरुको प्रतिस्पर्धामा उनी सर्वोत्कृष्ट भइन्। योसँगै उनी सेमिफाइनलिस्ट अर्थात टप १८ मा पर्न सफल भइन्।

प्रियाले फायर ग्रुपतर्फको ट्यालेन्ट राउन्डमा सिल्भर मेडल पनि जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed