![]()
रूपन्देही । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । विमानस्थलको निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले विमानस्थल निर्माण गर्दा गुणस्तरमा ध्यान दिन पनि निर्देशन दिए ।
गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले समयमै सम्पन गर्नु सबैको दायित्व हुने उनको भनाई थियो । सो अबसरमा विमानस्थल निर्माण अायाेजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले विमानस्थलको कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए ।
विमानस्थल सन् २०१९ को जुन २८ भित्र निर्माण सम्पन्न गरी उडान सञ्चालन गर्ने तयारी छ । अधिकारीका अनुसार हालसम्म ५५ प्रतिशत भन्दा माथि निर्माण कार्य सम्पन्न भएको छ ।
निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले चिनियाँ कामदार मार्फत काम गरिरहेको छ । कुल ६ अर्ब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी चिनियाँ सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको हो ।
विमानस्थलको निरीक्षणमा नेकपा सचिव विष्णु पौडेलको पनि सहभागिता रहेको थियो ।


