![]()
काठमाडौं । अस्वस्थ भई काठमाडौं थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन डिस्चार्ज भएका छन ।
छातीमा असहज महसुस भएपछि गएराती अस्पताल भर्ना भएका मन्त्री पुनलाई शनिवार बिहान आवश्यक परीक्षण र औषधीपछि डिस्चार्ज गरिएको हो ।
मन्त्री पुन हाल पुल्चोकस्थित निवासमा आराम गरिरहेका छन । केही समयअघि जण्डिसबाट गम्भीर बिरामी भएपछि उनको थाइल्याण्डमा उपचार गरिएको थियो ।


