Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पोखराले काठमाडौंलाई हराएपछि बुटवल र बिराटनगर ‘आउट’

Loading

पोखरा । काठमाडौं रोयल्सलाई चार विकेटले हराउँदै पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । १०४ रनको विजय लक्ष्य पोखराले १५.५ ओभरमा पूरा गर्‍यो । पोखराको सुरुआत निकै खराब थियो । कुशल भुर्तेलले १४, आरिफ शेख १६ र विनोद भण्डारीले शुन्य रनमा आउट भएका थिए । बलिङतर्फ अमरसिंह रौटेलाले तीन विकेट लिए ।

यसअघि पोखरा पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौले १९.१ ओभरमा १०३ रन बनाएको थियो । काठमाडौंको सुरुआत पनि खराब थियो । ओपनर जयकिशन कोल्सावाल र गौरव तमोरले खाता नै खोल्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रन बनाए । अमित श्रेष्ठले २१ र पवन सर्राफ १२ रनमा आउट भए ।

नरेश बुढाऐर ६, आदिल खान ७ र अमरसिंह रौटेला एक रनमा आउट । बसन्त रेग्मीले नटआउट १९ रन जोडे । बलिङतर्फ ललित राजवंशीले ३ र मोहम्मद नाभिदले २ विकेट लिए ।

पोखराले काठमाडौंलाई हराएपछि बुटवल र बिराटनगर प्रतियोगिताबाट बाहिरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed