Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले सन् २०१५ मा भएको परमाणु सम्झौतापछि हटाइएका इरानविरुद्धका सबै अमेरिकी प्रतिबन्धहरू पुन: लागु गरिने जनाएको छ। राष्ट्रपति ट्रम्पले गत मे महिनामा इरानसंगको परमाणु सम्झौताबाट अमेरिका पछि हटेको जनाएकाथिए, उनले उक्त सम्झौतालाई उनकै शब्दमा, गुदी देखि नै खराब भनेका थिए।

उक्त सम्झौता अन्तर्गत इरानले प्रतिबन्धहरू के खुकुलो तुल्याइएको बदलामा उस्को विवादास्पद परमाणु गतिविधिलाई सिमित तुल्याएको थियो। त्यसबेलाका राष्ट्रपति बाराक ओबामाले उक्त सम्झौताले इरानलाई परमाणु अस्त्रको विकास गर्नबाट रोक्ने बताएका थिए।

युके, फ्रान्स, जर्मनी, रुस र चीन पनि सन् २०१५ मा भएको सो सम्झौताका पक्ष राष्ट्रहरू थिए। र तिनीहरू आआफ्नो तर्फबाट सम्झौताप्रति प्रतिबद्ध नै छन्।

उनीहरूले अमेरिकी प्रतिबन्धलाई छल्न र इरानसँग व्यापारिक सम्बन्ध कायम राख्‍न नयाँ भुक्तानी प्रणाली स्थापना गर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पको तर्क छ इरानसँग भएको सम्झौताको शर्तहरू अस्वीकार्य छन्। र उनी भन्छन् सो सम्झौताले इरानलाई बलिष्टिक क्षेप्यास्त्र कार्यक्रम विकसित गर्न र सिरिया तथा यमन लगायतका छिकेकी राष्ट्रहरूमा हस्तक्षेप गर्नबाट रोक्न सकेको छैन।

इरानले राष्ट्रपति ट्रम्पलाई “मनोवैज्ञानिक युद्ध” गरेको आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed