Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडाबीच केही समययता खटपट चलिरहेको छ । सलमानको फिल्म ‘भारत’ प्रियंकाले एकाएक छोडेपछि सम्वन्ध बिग्रिएको हो ।

प्रियंका चाँडै आफ्ना अमेरिकी प्रेमी निक जोनससँग बिहे गर्दैछिन् । उक्त विहेमा सलमानलाई उनले निम्ता नगर्न सक्ने अनुमान गरिएको थियो । तर, अनुमानलाई गलत सावित गर्दै उनले सलमानलाई चुल्है निम्तो पठाएकी छन् ।

बिहेमा सपरिवार निम्तो पठाएर प्रियंकाले सलमानलाई फकाउने प्रयास गरेको देखिन्छ । प्रियंकाकी बहिनी अर्पितालाई पनि उनले निम्ता गरेकी छन् । प्रियंकाले बिहेमा बोलाउने अन्य केही नामहरु पनि सार्वजनिक भएका छन् । जसमध्ये एक चर्चित जोडी हुन् रणवीर कपुर र आलिया भट्ट । उनीहरु केही समयदेखि प्रेममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed