Breaking News.... EverestOnlineKhabar
May 1, 2026

निर्मला हत्याका शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि नमूना संकलन

Loading

कञ्चनपुर ।कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्याको छानबिन गर्न थप चार जनाको डिएनए परीक्षण गरिने भएको छ। बलात्कार पछि हत्या गरिएकी निर्मलाको अहिलेसम्म हत्यारा पत्ता लाग्न नसके पछि छानविन समितिले शंकास्पद थप चार जनाको डिएनए परीक्षणका लागि रगतको नमूना संकलन गरेकाे हो।

महाकाली अञ्चल अस्पतालमा नमूना सङ्कलन गरी दुई दिन अघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको छ ।  अन्य शङ्कास्पद देखिएका व्यक्तिको समेत डिएनए परीक्षणका लागि नमूना लिन सकिने प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले पाँच जनाको डिएनए परीक्षण गराइसकेको छ। डिएनए गरिएका पाँचै जनाको नमूनाको नतिजा नेगेटिभ आएको थियो। साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान उखु बारीमा शव फेला परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed