![]()
उदयपुर ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भइसकेको दाबी गरेका छन्। बिहीबार उदयपुरको गाइघाटमा आयोजित पत्रकार भेटघाटमा नेता कोइरालाले दुईतिहाई बहुमतको ओली नेतृत्वको सरकार असफल भइसकेको दाबी गरेका हुन्।
उनले सरकारकै गतिविधिका कारण संघीयता नै असफल हुने अवस्थामा पुगेको आरोप लगाए। उनले सरकारले अहिलेसम्म पनि प्राकृतिक स्रोत व्यवस्थापन, बित्त आयोग, अन्तरप्रदेश परिषद् निर्माण, प्रदेशस्तरीय प्रहरी र कर्मचारी व्यवस्थापन गर्ने काम गर्न नसकेको भन्दै आलोचना गरे।
उनले सबै तहबाट सरकारले अराजकता बढाएकाले संघीयता धरापमा परेको आरोप लगाए। उनले नेपाल प्रहरीको संरचना संघीय सरकारको मातहतमा राखेर प्रदेश प्रहरी ऐन बनाउन नदिनु, प्रदेशमा प्रयाप्त कर्मचारी दिन र पठाउन नसक्नु र कर बढाउनु ओली सरकारको ठूलो कमजोरी भएको बताए।


