Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले ।

मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी टेबुल ठटाउँदै चिच्याउन थाले । मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज समेत गरे । मुख्यमन्त्री चुपचाप बसेर सुनिरहेका थिए । दैनिक कामकाजका सामान्य विषयमा अाराेपित गर्दै उनी मुख्यमन्त्रीमाथि खनिएका थिए ।

मन्त्री स्थापितको कार्यशैलीबारे मुख्यमन्त्री पौडेल पहिलेदेखि नै असन्तुस्ट थिए । राम्रै बजेट भएको महत्त्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीले अपेक्षित काम नगरेको उनको गुनासो थियो ।

त्यसअघि मन्त्रिपरिषद् बैठकमा सहकारी, दुग्ध विकास बोर्ड, एकीकृत बस्ती विकास लगायत ६ वटा एजेण्डामा छलफल भएको थियो । त्यसक्रममा स्थापितका सम्बन्धमा कुनै छलफल नै भएको थिएन ।

पछिल्लो समय मन्त्री स्थापित अर्को एक विषयमा पनि विवादित छन् । काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

आफूमाथि भएको दुर्व्यवहारविरुद्ध विश्वभरका महिलाहरूले प्रयोग गरेको ट्वीटर ह्यास ट्याग #MeToo मार्फत् प्रजापतिले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर स्थापितले आफूमाथि गरेको दुर्व्यवहारबारे अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् ।

स्थापितको त्यस्तो शैलीबाट निराश बनेका मुख्यमन्त्री उनलाई मन्त्रीपदबाट हटाउने मनस्थितिमा पुगेका छन् । उनले यस विषयमा पार्टी नेतृत्व र प्रधानमन्त्री ओलीसँग पनि छलफल गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed