Breaking News.... EverestOnlineKhabar
July 2, 2026

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरु निर्वाचनको प्रत्यक्ष निगरानीमा

Loading

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका छन् ।

मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै निर्देशन दिने उद्देश्यले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उनीहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका हुन ।

विकट हिमाली तथा उच्च पहाडी जिल्लाका निरन्तररुपमा मतदान प्रगतिको जानकारी लिने र मतदानलाई निष्पक्ष र स्वतन्त्ररुपमा सञ्चालन गराउन सम्बद्ध पदाधिकारीलाई तत्कालै निर्देशन दिने कार्यसमेत प्रमुख निर्वाच आयुक्त तथा निर्वाचन आयुक्तबाट भइरहेको आयोगले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed