Breaking News.... EverestOnlineKhabar
July 1, 2026

फिफा वरियतामा एक स्थान तल झर्दै नेपाल १७६औं स्थानमा

Loading

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सोमबार सार्वजनिक गरेको फिफा बरियतामा नेपाल १ स्थान तल झरेको छ । फिफा बरियतामा १७५ औं स्थानबाट एक स्थान तल झर्दै नेपाल १७६ औं स्थानमा पुगेको हो ।

नेपालले असोज २४ गते एएफसी एसियन कप छनोट अन्तर्गत ताजिकिस्तानसँग भएको खेलमा ३–० गोलअन्तरले पराजित भएको थियो । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा छ । भारत फिफा बरियताको १०५ औं स्थानमा रहेको छ । त्यस्तै, अफगानिस्तान १५४ औं स्थानमा छ भने माल्दिभ्स १५६ औं स्थानमा रहेको छ ।

यो पटक भने १६ स्थान तल झर्दै भुटान १९० औं स्थानमा पुगेको छ । १९६ औं स्थानमा बंगलादेश छ भने श्रीलंका १९८ औं स्थानमा छ । पाकिस्तान भने २०१ औं स्थानमा छ ।

फिफा बरियताको शीर्ष स्थानमा विश्व विजेता जर्मनी रहेको छ । त्यस्तै, दोस्रो ब्राजिल, तेस्रोमा पोर्चुगल र चौथो स्थानमा अर्जेन्टिना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed