Breaking News.... EverestOnlineKhabar
July 1, 2026

Loading

काठमाडौं । प्रहरीले गत भदौं १९ गते राजधानीमा पक्राउ परेको ८८ केजी अवैध सुन तस्करीको प्रमुख नाइकेलाई पक्राउ गरेको छ । नेपाल–केरुङ व्यापार संघका अध्यक्ष समेत रहेका रसुवाका मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङ प्रतिननिधि सभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका व्यक्ति हुन् ।

महानगरिय अपराध महाशाखाको टोलीले तामाङलाई स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको हो । तामाङमार्फत नै चिनियाँ नागरिकले नेपाल सून भित्र्याउने गरेको प्रहरीको दावी छ ।

प्रहरीले यसअघि उक्त सुन तस्करीसँग सम्बन्धित केही सून व्यवसायीलाई पनि पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed