Breaking News.... EverestOnlineKhabar
June 30, 2026

संस्थागत निर्णयविनै आयोगमा समानुपातिक उम्मेद्वारको सूची बुझाएपछि एमालेमा विवाद….

Loading

काठमाडौ,३० असोज ।
नेकपा एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । नेता माधवकुमार नेपाल निकट नेताहरुले बैठक छलेर हतारमा सूची तयार पार्न खोजिएको भन्दै तीव्र असन्तुष्टि जनाएका थिए ।
शीर्ष नेताहरुको असन्तुष्टिपछि सोमबार र मंगलबार छलफल गरेर सूचीमा नाम र क्रमसंख्या तलमाथि गर्न सकिने सहमतिका साथ प्रदेश संयोजकमार्फत तयार भएको प्रारम्भिक नाम राखेर एमालेले आयोगमा बन्दसूची बुझाएको हो ।
समानुपातिक उम्मेद्वारको सूची टुङ्गो लगाउन स्थायी कमिटी बैठक बसेपनि बन्दसूची बारे स्वयम् स्थायी कमिटी सदस्यहरु नै अनविज्ञ छन् ।
आफुहरुको सहमति विना बन्दसूची पेश गरेको भन्दै अध्यक्ष केपी ओलीसंग केहि स्थायी कमिटी सदस्यहरु रुष्ट छन् । आयोगले समानुपातिकको सूची सच्याउन समय दिएको छ । उक्त समयभित्र बन्द सुची नसच्याए ठिक नहुने अध्यक्ष ओलीलाई स्थायी कमिटीकै सदस्यहले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed