Breaking News.... EverestOnlineKhabar
March 13, 2026

राजपाको चुनाव केन्द्रित आन्दोलन शिथिल हुँदै…..

Loading

परासी,८ असार ।
प्रदेश नम्बर ५ को परासी क्षेत्रमा चुनावी माहोल तातेको छ ।राष्ट्रिय जनता पार्टी नेपालको आन्दोलन मत्थर भएसँगै उत्साहजनक रुपमा चुनावी माहोल तातेको हो । एक महिना अघिदेखि दलहरुले उम्मेदवार चयन गरे पनि राजपाको अवरोधका कारण गाउँमा चुनावी गतिविधि अघि बढ्न सकेको थिएन ।
असार ४ को मनोनयन दर्तालाई अवरोध गराउने गरी राजपाले आमहड्ताल गरे पनि त्यसको प्रभाव नपरेपछि दलहरुले चुनावी प्रचार अभियानलाई तिव्र बनाएका हुन् । मनोनयन दर्तामा सबैभन्दा बढी मधेसी समुदायकै उम्मेदवारी बढी परेको छ । तीन नगरपालिका र चार गाउँपालिकामा असार १४ गते निर्वाचन हुँदैछ ।
राजमार्ग क्षेत्रमा रहेका सुनवल र बर्दघाट नगरपालिकाबाहेक रामग्राम नगरपालिकासहित सरावल, पाल्हिनन्द, सुस्ता र प्रतापपुर गाउँपालिकाका प्रमुखमा सबै दलहरुले मधेसी समुदायबाट उम्मेदवार उठाएका छन् । सबै स्थानीय तहमा निर्वाध रुपमा मनोनयन दर्ता भएसँगै अहिले चुनावी माहोल एक्कासी बढेको हो । संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिकसमेत चुनावमा सहभागी भएपछि मधेसी मतदातामा उत्साह थपिएको हो ।
जसका कारण राजपाको आन्दोलन मत्थर भएको छ । दलहरुको चुनावी गतिविधिलाई अवरोध नगर्ने गरी आन्दोलनका कार्यक्रम तय गरिएको राजपाका जिल्ला संयोजक पुरन चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.