Breaking News.... EverestOnlineKhabar
March 13, 2026

Loading

राजनीतिक दलहरु आ–आफ्नै तरिकाले प्रचारप्रसारमा जुटेका छन् । मनोनयन दर्तासंगै धनकुटामा पनि राजनीतिक दलहरु प्रचारमा जुटेका छन् । तर
दलहरुले गरेको अहिलेको प्रचार शैली भड्कीलो बन्दै गएको छ ।

यो भनाई हो धनकुटा नगरपालिकाका पुर्ब उपमेयर जिब प्रसाद पोख्रेलको । २०५४ सालको स्थानीय निकायको निर्बाचनमा धनकुटा नगरपालिकावाट उपमेयर पदमा निर्बाचन लड्दा मात्र १२ हजार रुपैयां खर्च भएको उनी सम्झन्छन् ।

प्रत्येक मतदाताको घरमै पुगरे भोट माग्ने, सडक सञ्जाल बिस्तार नभएको कारण चुनाव प्रचार प्रसारमा यातायातको प्रयोग नभएको र भित्ते लेखन बाहेक अन्य तरीकाले प्रचारप्रसार नहुंदा अघिल्ला निर्बाचनहरुमा खर्च निकै कम हुने गरेको थियो ।

तर अहिलेको स्थानीय तहको निर्बाचन निक्कै भड्कीलो बन्दै गएको छ । दलहरुको प्रचार प्रसारको आधुनिक शैली, यातायातको साधनको प्रयोग, सामाजिक संजाल आदीको कारण पहिलेको तुलनामा चुनाव निकै भड्कीलो बन्दै गएको धनकुटा नगरपालिका ६ का पुर्ब जनप्रतिनिधि राजेश्वर बहादुर श्रेष्ठ बताउँछन् ।

यो निर्बाचनमा नगरपालिकाका क्षेत्रमा प्रमुख र उपप्रमुखका प्रत्यासीले चार लाख पचास हजार र वडाध्यक्ष तथा अन्य सदस्यले दुई लाख रुपैयां तथा गाँउपालिका प्रमुख र उपप्रमुखले तीन लाख पचास हजार र वडाध्यक्ष तथा अन्य सदस्यले एक लाख पचास हजार रुपैयां मात्र खर्च गर्न पाउने ब्यबस्था निर्बाचन आयोगले गरेको छ ।

जुन खर्च उम्मेदवारको लागि अपुग हुने भएपनि बढ्दो फजुल खर्च रोक्न मद्धत गर्ने धनकुटा नगरपालिका वडा नम्वर तीनका वडाध्यक्षका उमेद्वार बिकास घिमिरे बताउँछन् ।

उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामाग्री, ढुवानी, कार्यकर्ता परीचालन, कार्यलय सञ्चालन, प्रतिनिधि परिचालन र बिबिध शिर्षकमा मात्र खर्च पाउने कानुनी ब्यबस्था छ ।

धनकुटामा रहेका सात स्थानीय तहको लागि एक राजनीतिक दलले ७ प्रमुख, ७ उपप्रमुख, ६० वडाध्यक्ष र २ सय ४० सदस्य गरी कुल ३ सय १४ प्रतिनिधिले बैधानिक रुपमा कुल पाँच करोड ७७ लाख पचास हजार रुपैयां खर्च गर्न पाँउने छन् । जिल्लामा कुल १७ दल दर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.