Breaking News.... EverestOnlineKhabar
March 13, 2026

२१सौं शाताब्दीमा इन्टरनेट पनि बन्द गरेर थुनेको छ दार्जीलिङको आवाज

Loading

बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको
शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्।

शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा
रहेका हजारौंले सहभागिता जनाएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिनुभयो ।
दार्जिलिङ बजारबाट सुरु भएको शवयात्रा पार्टी कार्यालय सिम्वाडीसम्म पुगेको शर्माले बताउनुभयो । गुरुङको शव भने साँझ मात्र दार्जिलिङ ल्याइएको थियो । शवयात्रापछि दुवै शव परिवारलाई जिम्मा लगाइएको छ ।

आइतबार पनि दिनभर विभिन्न स्थानमा प्रदर्शन भएको मोर्चाले जनाएको छ । तर, कुनै पनि स्थानमा झडप भने नभएको शर्माले बताउनुभयो । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि चर्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको ज्यान गएको थियो ।

बिजनवारीनजिक प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि दार्जिलिङमा त्रास छाएको छ । बंगाल सरकारले शनिबार रातिबाट इन्टरनेटसमेत बन्द गरिदिएको छ । आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल पनि बन्द गराएको छ ।

बंगालभाषाको बाध्यकारी अध्ययन व्यवस्थापछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन राज्य सरकारले प्रहरी र सेना परिचालन गरेको छ । उक्त घटनापछि मोर्चाका नेता भूमिगत अवस्थामा छन् । आइतबार पनि दार्जिलिङको सडकमा सवारी चलेनन् भने विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.