Breaking News.... EverestOnlineKhabar
March 14, 2026

तेह्रथुममा उत्पादित छुर्पी तेस्रो मुलुकमा निर्यात

Loading

जिल्लाका विभिन्न गाउँ विकास समितिमा गाई र भैंसीको दूधबाट बनाइएको छुर्पी, चकलेट, नौनी घ्यूलगायत अन्य दुग्धजन्य उत्पादनहरु अमेरिका, अस्ट्रेलियालगायतका मुलुकमा पनि निर्यात हुन थालेको हो । धरान, इटहरी र विराटनगरका व्यापारीहरुमार्फत यहाँ उत्पादित छुर्पी विदेश निर्यात हुन थालेको उद्योगीहरुले बताएका छन् ।

गाउँका सर्वसाधारण किसानले घर गाउँमै परम्परागत रुपमा उत्पादन गरेको छुर्पी उच्चस्तरको हुने भन्दै व्यापारीहरु गाउँमै लिन आउन थालेपछि स्थानीयलाई बजारको समस्यासमेत टरेको छ ।

अहिले तेह्रथुमका बसन्तपुर, हमरजुङ, ओख्रे, फुलेक, सुदापलगायत गाउँमा करिब एक दर्जन छुर्पी तथा दुग्धजन्य उद्योग खुलेका छन् । यहाँ उत्पादित छुर्पी प्रतिकेजी ४ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.